प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४८,०००।बराबरको सिद्रा माछा मंगलबार अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

     कञ्चनपुर:-  कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भीमदत्त न.पा.४ बसपार्क र ऐ.५ सुकासालबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,७७,५००।-बराबरको कस्मेटिक सामान, भारतिय नम्बर प्लेटको स्कुटी लगायतका सामानहरु मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   

सम्बन्धित समाचार
आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८३-०२-१२

     कैलाली:-  जिल्ला कैलाली गोदाबरी न.पा.९ बल्मी बस्ने लक्ष्मीदेवि जोशीको गाई/गोरु बाँध्ने गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र गोठ भित्र रहेका काठ, भुसा, पराल लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.१,७०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको,  आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।      बाजुरा :-  जिल्ला बाजुरा खप्तडछेडेदह गा.पा.५ डोगडी बस्ने लोकेन्द्र रावतको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले ८ कोठे कच्ची घरमा बिद्युतको तार सट भई आगलागी हुँदा गोठमा बाधेका २ वटा  बाख्रा जलेर मृत्यु भएको हो । आगलागीबाट घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो, क्षतिको विवरण आउन वाँकि रहेको छ, मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१२

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ डोके बजार, भजनी न.पा.३ काँडा  र ऐ. ५ हलौना घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०६,५२०।– बराबरको चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन  लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ र ऐ.६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,४९,९००।– बराबरको जुत्ता, पेचकिला, मन्दिर गुम्वा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो ।