जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
२०८२-१२-१९
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ बाट सोही उप-महानगरपालिका ४ वस्ने बर्ष ६७ को पुष्प राज पन्त सहित ८ जनालाई जुवातास खेलिरहेको वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.५७,१७०।– र २ गड्डी तास, सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।