फरार प्रतिबादी पक्राउ
२०८२-१२-१९
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६०।१०।१२ गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.१,५००।– जरिवाना तोकिएकी जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजार बस्ने वर्ष ६५ की मैया गुरुङलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।