अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२१
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१० सिमलघाट र ऐ.१८ नुक्लीपुर घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,४००।– बराबरको चिनी, मोवाईल कभर लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।