प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यू

२०८२-१२-२०

  • A
  • A-
  • A+
Share

        कैलाली:- जिल्ला कैलाली टीकापुर न.पा.१ बनकार्यालय स्थित डुडेझारी सडक खण्डमा सु.प.प्र.०१-००९ प ६७७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ३५ को रमेश शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई टिकापुर अस्पताल टिकापुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-१६

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खैरीपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको हाफ सर्ट, भेस्ट लगायतका सामानहरु शुक्रबार प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर भीमदत्त न.पा. ४ तरकारी वजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,८००।– बराबरको माछा शुक्रबार जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।