प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-२१

  • A
  • A-
  • A+
Share

       कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा. ८ अनरुवाबाट ७८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को रोहन बि.क. र बर्ष २० को उत्तम साउदलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-१९

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१९ लल्लिपुरघाट र खेदाघाट, भजनी न.पा.३ जवलपुर, ऐ.५ कालिका सामुदायीक बन र टिकापुर न.पा.८ श्रीलङकाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,३७,४२०।– बराबरको बिडी, सुर्ति, बिभिन्न किसिमका बिजुलीका सामान, लेडिज कुर्ता सुरवाल, कुर्ती, मोविल, सिद्रा माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालय हरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,५००।-बराबरको पिस्टल, ग्यास्केट, सिलिण्डर हेड ग्यास्केट लगायतका सामानहरु वुधबार दिउँसो प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।