अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१२ जुगेडा कटानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ८३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २२ को शिवराज बि.क. र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.३ बनकुरुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ०९ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ रतनपुर बस्ने बर्ष २२ को प्रकाश डगौरा र भिमदत्त न.पा.१८ कटान बस्ने बर्ष २१ को निशाज डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र. ०२-००३ प ८७०३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।