प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८२-१२-२२

  • A
  • A-
  • A+
Share

     कैलाली:-  जिल्ला कैलाली घोडाघोडी न.पा.८ आमफाटा बस्ने नेत्र कुमालको कच्ची गोठमा आगलागी हुँदा गोठभित्र रहेका ४ वटा खसी बाख्राको जलेर मृत्यू भएको हो । साथै सोही गोठ र गोठ भित्र रहेका मोटरसाइकल, साइकल लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,५८,०००।– (तिन लाख अन्ठाउन्न हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानविय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।      

     यसैगरी,  जिल्ला कैलाली घोडाघोडी न.पा.३ निम्दि बस्ने दान बहादुर चौधरीको गोठमा आगलागी हुँदा गोठ र गोभित्र रहेका आलु, धान काट्ने रिफर, साइकल, त्रिपाल लगायतका सामानहरु लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,७३,०००।– (एक लाख तिरहत्तर हजार) बराबरको धनमाल जलेर नष्ट भएको हो, आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।