जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८२-१२-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर नगरपालिका १ नयाँ टिकापुर स्थित बर्ष ४३ को लाल बहादुरले थापाले सञ्चालन गरेको खाजा नास्ता पसलको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा निज लाल बहादुर थापा सहित ९ जनालाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.७७,७३५।– र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।