अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ बालुवाटारबाट अवैध लागूऔषध खैरो हेरोइन
जस्तो देखिने धुलो पदार्थ ९७० मिलिग्राम सहित २ जनालाई आईतबार बेलुकी प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.५ बस्ने बर्ष २० को बिशाल चौधरी र
ऐ.४ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी
न.पा.९ दिपाघाटबाट
अवैध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित शुक्लाफाँटा
न.पा.५ गर्जमनी बस्ने बर्ष २४ को सन्तोष साउदलाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ
। प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो ।