प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-१२-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

    दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडाकिराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो 

सम्बन्धित समाचार
अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२९

   कैलाली:- धनगढी उपमहानगरपालिका-४ शिवपुरी स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६४० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गा.पा.५ बस्ने बर्ष २५ को संजय चौधरीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, धनगढी उपमहानगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गाउपालिका ३ बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनाबाट मोटरसाईलक चालकको मृत्यू
२०८२-१२-२९

   कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा. १ स्थित हुलाकी राजमार्गमा सु.प्र.प्र. ०१-००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बिपरित दिशा तर्फ आउदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका वडा नं १९ फुलबारी बस्ने वर्ष २२ को राम मिलन चौधरी गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा निजको उपचारको क्रममा शनिबार बेलुका मृत्यू भएको हो । बोलेरो पिकअप र  चालक जिल्ला कैलाली भजनी न.पा.५ वस्ने वर्ष २३ को राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।  

फरार प्रतिवादी पक्राउ
२०८२-१२-२८

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा २५ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली गौरीगंगा न.पा.४ राजिपुर बस्ने वर्ष २४ को सुरेश नेपालीलाई इलाका प्रहरी कार्यालय चौमाला,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजको घर ठेगानाबाट पक्राउ गरेको हो ।        डोटी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको मिति २०८२।०४।२६ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा १० दिन कैद सजाय र  रु.४०,००,००० ( चालिस लाख ) जरिवाना तोकिएकी जिल्ला डोटी आदर्श गा.पा. वडा नं. ०३ बस्ने वर्ष ४० कि सन्जा कुमारी कठायत रोकायालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्ला डोटी दिपायल सिलगढी न.पा. वडा नं. ४ पिपल्ला बजारबाट पक्राउ गरेको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२७

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०७,१००।– बराबरको किराना समान,कपडा र साईकल थान-४ लगायतका सामानहरु बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:-  भिमदत्त न.पा. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१८,०००।– बराबरको मोबाईल कभर, हार्डवेयर समान र किराना लगायतका सामानहरु बिहिबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सवारी दुर्घटनाबाट चालक सहित ३ जनाको मृत्यू
२०८२-१२-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.-१ कुगडा स्थित पहरीया- कुमगडा भित्री कच्ची सडक खण्डमा से १ ज २९० नं. को जिप अनियन्त्रित भई कच्ची सडकबाट अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसी बिहिबार दुर्घटना हुँदा उक्त जिपमा ८ जना सवार मध्ये २ (दुई) जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु  भएको छ । मृत्यू हुनेमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.१ बस्ने बर्ष ६०को नन्दराम पार्की र  ऐ.ऐ.बस्ने बर्ष ६२ की कलावती देवी बोहराको घटना स्थलमा र जिप चालक जि.कञ्चनपुर कृष्णपुर न.पा.१ बस्ने बर्ष २४ को अर्जुन साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढी कैलालीमा मृत्यू भएको हो । घाईते ५ जनाको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।