प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मोटरसाईलक चालकको मृत्यू

२०८२-१२-२९

  • A
  • A-
  • A+
Share

   कैलाली:जिल्ला कैलाली कैलारी गा.पा. १ स्थित हुलाकी राजमार्गमा सु.प्र.प्र. ०१-००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बिपरित दिशा तर्फ आउदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन जाँदा भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका वडा नं १९ फुलबारी बस्ने वर्ष २२ को राम मिलन चौधरी गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा निजको उपचारको क्रममा शनिबार बेलुका मृत्यू भएको हो । बोलेरो पिकअप र  चालक जिल्ला कैलाली भजनी न.पा.५ वस्ने वर्ष २३ को राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।