अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२९
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका-४
शिवपुरी स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६४० मिलिग्राम सहित
जिल्ला कैलाली कैलारी गा.पा.५ बस्ने बर्ष २५ को संजय चौधरीलाई
शनिबार
बेलुका प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको
प्रहरीले उनीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उपमहानगरपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६० मिलिग्राम सहित जिल्ला कैलाली कैलारी गाउपालिका ३ बस्ने वर्ष ४२ को श्याम बहादुर चौधरीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।