अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-३०
- A
- A-
- A+
कञ्चनपुर:- . जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ तिलकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५४० मिलिग्राम सहित ऐ.ऐ.बस्ने बर्ष ४४ को रमेश दमाईलाई आईतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।