जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०८२-१२-३०
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. १८ महाकाली
प्रादेशिक अस्पताल नजिक ऐ.ऐ. बस्ने पदम राज पन्तले सञ्चालन गरेको चिया पसलमा
जुवातास खेलिरहेको अवस्थामा निज पदमराज पन्त सहित ७ जनालाई आईतबार वेलुकी प्रहरीले
पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी
कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.३६,४४२।– र १ गड्डी तास सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।