प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस पक्राउ

२०८०-०१-२९

  • A
  • A-
  • A+
Share

कैलाली: मिति २०८०।०१।२८ गतेको साँझतिर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका २ त्रिनगर भन्सार नजिक जिल्ला कैलाली ध.उ.म.न.पा.७ मनेहरा बस्ने बर्ष २० को जगदिश कोलीलाई शंका लागी चेकजाँच गर्दा निज जगदिश कोलीको साथबाट नाईट्रोभेट २० ट्याबलेट, सहित नक थान १ फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । 

      यसैगरि,मिति २०८०।०१।२८ गते साँझतिर ईलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिई गएको प्रहरी टोलीले लम्कीचुहा न.पा. १ अछाम रोड स्थित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २२ को उमेश शाही, ऐ. बस्ने बर्ष २४ प्रेम रावल र ऐ. बस्ने वर्ष २१ को डम्मर बि.क.लाई शंका लागी चेकजाँच निज डम्मर बि.क.को साथबाट १ ग्राम परिमाण भएको लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ फेला पारी उक्त लागु औषध बरामद गरी निजहरु तिनै जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । 

     यसैगरि,कञ्चनपुर;- मिति २०८०।०१।२८ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले भिमदत्त न.पा. १८ सालघारी स्थित ऐ.बस्ने बर्ष २७ को कमलेश गिरी र ऐ. बस्ने बर्ष २३ को पंकज चन्दको शरीरमा खान तलासी गर्दा कमलेश गिरीको साथबाट शुद्द तौल १.९७ ग्राम र पंकज चन्दको साथबाट ०.९४ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१२-०१

       कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २३ को सागर पार्कीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०३।१७ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ३ वर्ष कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष बर्ष २० को दिपेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।११।३०  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-०१

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउबाट १ ग्राम ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित देश भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष २२ को राजन गुप्तालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.११ गौडीबजार स्थित सोही ठाउँ वस्ने वर्ष ३४ को लोकेन्द्र कठायतले सञ्चालन गरेको खुद्रा पसलमा लागूऔषधको सेवन तथा कारोवार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा पसल तथा निजलाई खानतलासी गर्दा ६७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र  सोही खुद्रा पसलमा सोही ठाउँ बस्ने बर्ष २१ को केशब नेपाली समेत लागूऔषध सेवन गरिरहेको अवस्थमा फेला पारी पसल सञ्चालक र निजलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ओलानी,  कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ क्याम्पस रोड बस्ने बर्ष ३५ को केशब बिष्ट र  जिल्ला डडेलधुरा, आलिताल गा.पा.३ मौरी बस्ने बर्ष २३ को कृष्ण महरालाई ४५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । से ७ प २२६६ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-३०

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २६ को बादल चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । संकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।             कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बसपार्कबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला झापा, अर्जुनधारा न.पा.९ खर्बन्दी घर भई हाल भिमदत्त न.पा.८ तिलाचौर स्थित सुन, चाँदी पसलमा कालिगडको काम गर्ने वर्ष ३६ को मानबिर बिश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर ४ स्थित जिल्ला बैतडी सुर्नया गा.पा.१ घर भई हाल गल्ली नम्वर ४ मा  बर्ष २७ की कुमारी लक्ष्मी चन्दले संचालन गरेको बादशाह क्याफेबाट २ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र २ ग्राम ५१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निज लक्ष्मी चन्द र सोही ठाउँ बस्ने बर्ष २६ की लक्ष्मी सोनाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कन्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर १ महेन्द्रनगर बस्ने बर्ष २९ को अमित सिंह र  जिल्ला दार्चुला, लेकम गा.पा.२ कैनडा बस्ने बर्ष २० को गोकुलदेब जोशीलाई  २ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-११-२९

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।- (दुई लाख साठि हजार नौ सय) बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २८ को खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. भजनी न.पा.९ बस्ने बर्ष ३७ को रामनारायण चौधरीलाई  बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोटरसाइकल, सामान सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।