प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-११-३०

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २६ को बादल चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । संकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।        

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बसपार्कबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला झापा, अर्जुनधारा न.पा.९ खर्बन्दी घर भई हाल भिमदत्त न.पा.८ तिलाचौर स्थित सुन, चाँदी पसलमा कालिगडको काम गर्ने वर्ष ३६ को मानबिर बिश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

      यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर ४ स्थित जिल्ला बैतडी सुर्नया गा.पा.१ घर भई हाल गल्ली नम्वर ४ मा  बर्ष २७ की कुमारी लक्ष्मी चन्दले संचालन गरेको बादशाह क्याफेबाट २ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र २ ग्राम ५१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निज लक्ष्मी चन्द र सोही ठाउँ बस्ने बर्ष २६ की लक्ष्मी सोनाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट पिपलचौताराबाट जिल्ला कन्चनपुर भिमदत्त न.पा.४ गल्ली नम्वर १ महेन्द्रनगर बस्ने बर्ष २९ को अमित सिंह र  जिल्ला दार्चुला, लेकम गा.पा.२ कैनडा बस्ने बर्ष २० को गोकुलदेब जोशीलाई  २ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।