चोरी मुद्वाको फरार प्रतिवादी पक्राउ
२०८०-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८०/०१/२९ गतेको दिउसोतिर सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति २०७६।०२।१६ गतेको फैसालाले ४ महिना ११ दिन कैद फैसला भई फरार रहेका चोरी मुद्धाको फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १४ बस्ने बर्ष २५ को मनोज क्षेत्रीलाई ऐ.स्थितबाट पक्राउ गरेको हो । निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारबाहीको सम्मानित अदालतमा दाखिला गरेको हो ।