प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलका सामान सहित मानिस पक्राउ

२०८०-०२-०५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८०/०२/०४ गते   सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय बेलौरी, त्रिभुवनबस्ति र गड्डाचौकी कञ्चनपुरवाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभन्न स्थानहरुवाट अन्दाजी रु. २,२८,९००।-  बराबरको सामान र जि. कञ्चनपुर बेदकोट न.पा.३ दैजि.बस्ने बर्ष ३४ की राधा सार्की, भारत सैजानपुर बस्ने निरज, सोनु, टिटु, बाबु, राजकुमार र भारत बरेली जिल्ला भोजीपुर बस्ने मो ईरफान र ऐ.ऐ.बस्ने ईमराना, म. १ प ३२४० नं. को मो.सा. साईकल र रिक्सा उक्त सामान  सहित बरामद गरि आवश्यक कार्वाहीको लागी भन्सार कार्यालयहरुमा बुझाईएको

कैलाली:- मिति २०८०।०२।०४  गते  जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न स्थानहरुवाट अन्दाजी रु ३६,०००।- बराबरको  ईलेक्ट्रिक रन्दा मेसिन, चेक भल्भ, लेदर वकेट सोली पाईप लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहिको लागि भन्सार कार्यालयहरुमा बुझाईएको । 


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।