प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८०-०२-०६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- ईलाका प्रहरी कार्यालय गड्डाचौकी कंचनपुरबाट मिति २०८०।०२।०५ गते खटिगएको प्रहरी टोलीले  भिमदत्त न.पा.१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राज मार्गमा जिल्ला कञ्चनपुर वेदकोट न.पा.१० बस्ने मनिषा पालले भारत बाट भन्सार छली गरी ल्याएको अ.रु.४,४००/- बराबरको दाल, धनिया लगायतका सामानहरु फेला पारी बरामद गरी निज मनिषा पाललाई समेत प्रहरीले नियन्त्रणमा लीई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकिमा बुझाईएको हो ।

यसैगरी, मिति २०८०/०२/६ गते प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिगएको प्रहरी टोलीले बेलौरी न.पा. २ नेपाल भारत सिमानामा पर्ने ५ गज पिलर नजिक बोईलर कुखुरा २४ पिस अ. (५० के.जि. ) अ. मुल्य १००००।- र २.५ लिटर चिसो डिउ ३ बोतल अ. मुल्य ६०० ।– गरी जम्मा रु १०,६००।– बरावरको बेवारीसे मालसामान बरामद गरी प्रहरी चौकी टेडुवामा ल्याई माथि उल्लेखित बोईलर कुखुरा र डिउ पेय पदार्थ स्थानिय जनप्रतिनिधि स्थानिय संचारकर्मी,स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरेको ।

यसैगरी, मिति २०८०।०२।०५ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय बेल्डाँडी कञ्चनपुरबाट खटिगएको सुयुक्त प्रहरी टोलीले जि कञ्चनपुर बेलडाँडी गा.पा.३ वैवाह स्थित अबैध भन्सार छलीका अन्दाजी रु.७१,८५०।– बराबरको चिसो पिय पदार्थ डिउ,कोका कोला, मजा, मैदा, चिनि,नम्किन,कालो प्लाष्टिक,सुर्ती लगायतका सामानहरु वेबारिसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको हो ।

कैलाली-मिति २०८०/०२/०५ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न वडा एरियाहरुबाट अबैध रुपमा भन्सार गरि ल्याएका अन्दाजी रु. २३,०००।– बराबरको  सुट, सुरुवाल, चिनि, ईम्ली, कुर्ती, भेष्ट, पिस, सुर्ती, आन्टी, चक्लेट वेवारिसे अवस्थामा फेला पारी बरामद गरी प्रहरीले आवश्यक कारवाहीका लागी सम्बन्धित भन्सासर कार्यालयमा बुझाईएको हो ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।