प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८०-०२-०९

  • A
  • A-
  • A+
Share

दार्चुला:- मिति २०८०।०२।०८ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिई गएको प्रहरी टोलीले जि.दार्चुला मालिकार्जुन गा.पा. ७ पासादेउ बस्ने बर्ष अं.५८ को केशर सिंह धामीले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिई गएको प्रहरी टोलीले खानतलासी गर्दा निजको आफ्नै खुद्रा पसलदेखि अं.१० मिटर टाढा झाडीमा जुटको बोराले बेरी लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान-१ फेला पारी बरामद गरी निज केशर सिंह धामी सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले  थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१०

    कञ्चनपुर:- मिति२०८१।०४।०९ गते ०७:४५ बजे जिल्ला कंचनपुर, पुनर्वास न.पा.१० बाट भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको  मुल्य रु.८७००/- बराबरको लेडिज सुट, ड्यु लगायतको सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप कार्वाही भईरहेको ।    कैलाली:- मिति २०८१।०४।०९ गते १०:०० बजे जिल्ला कैलाली, भजनी-८ खैरा, धनगढी-१५ उर्मीबाट भारतबाट भन्सार छली ल्याएको चिनी, प्याज, पलाष्टिक झिल्ली लगायतको अन्दाजी मुल्य रु. ४६,२००।– बराबरको माल समान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप कार्वाही भईरहेको । 

फरार प्रतिबादी पक्राउ
२०८१-०४-१०

   अछाम :- मिति २०८१।०४।०८ गते १४:०० लोक सेवा आयोग ऐन २०७९ सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला अछाम, मेल्लेख गा.पा.३ बस्ने वर्ष २५ को मनराज कामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सम्मानित अदालत समक्ष पेश गर्न आबश्यक प्रकृया भईरहेको  ।    डडेल्धुरा:- मिति२०८१/०४/०९ गते १२:३० बजे अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र रु. ५०००।- जरिवाना तोकिइ फरार रहेको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.-६ भालुमारे बस्ने बर्ष ४६ को भिम प्रशाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ऐ. वडा नं.-७ पोखरा बजारबाट पक्राउ गरेको ।  सो सम्बन्धमा थप कार्वाही भईरहेको ।