प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध खैरोहेरोईन सहित मानिस पक्राउ

२०८०-०२-१२

  • A
  • A-
  • A+
Share

कैलाली:- जि.कैलाली टीकापुर नपा ९ खर्गौला स्थित जानकी गापा ४ जानकीनगर बस्ने बर्ष २१ को दिपेश चन्द्रको साथबाट ५ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेलापारी निजलाई नियन्त्रणमा लिएको हो । निजलाई मिति २०८०।०२।११ गते दिउसो प्रहरी चौकी कालाकुण्डाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

यसैगरि,कञ्चनपुर:- जि.कञ्चनपुर भिमदत्त न.पा.४ ओपेरा होटेल अगाडी मनिषा राना मगरको पसल भित्र ऐ.बस्ने बर्ष २९ को लोकेन्द्र राना मगरको साथबाट रेक्सोजेसिक १३४ एम्पुल ,डाइजाफाम ८ एम्पुल,फेनार्गन १३४ एम्पुल र ऐ.ऐ.बस्ने बर्ष २० को पारस बादीबाट फेनार्गन २४ एम्पुल, रेक्सोजेसिक २४ एम्पुल फेला पारी निजहरुलाइ नियन्त्रणमा लिएको हो । निज दुबै जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।