प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस प्रकाउ

२०८०-०२-१४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०।०२।१३ गते सुदूरपश्चिम  प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान समुह धनगढी कैलाली र प्रहरी चौकी भुडा कञ्चनपुरबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कञ्चनपुर बेलौरी नपा १० स्थित जिल्ला कञ्चनपुर बेलडाँडी गापा १ बस्ने बर्ष २१ को अर्जुन चौधरी र ऐ. बेदकोट नपा ४ दैजी बस्ने बर्ष १९ को रोशन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट  ६.९२ ग्राम खैरोहिरोईन फेलापारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

        यसै गरि, कैलाली- मिति २०८०/०२/१३ गते अस्थाई प्रहरी पोष्ट अम्बिकाटोल कैलालीबाट खटि गएको प्रहरी टोलीले जि.कैलाली  धनगढी उमनपा ११ स्थित  ऐ. गोदावरी न.पा. ६ बड्याहा बस्ने बर्ष अं.२३ को शुनिल राना, ऐ.ऐ. बस्ने बर्ष २६ को करन राना, ऐ. ध.उ.म.न.पा. ११ बस्ने बर्ष २३ को असोक राना र ऐ. बस्ने बर्ष १९ को राम सुरेश राना लाई शंका लागी चेकजाँच गर्दा शुनिल राना को साथ बाट १०० मिलिग्राम ला.औ. खैरोहेरोइन फेलापारी बरामद निज चारै जनाहरूलाई प्रहरीले  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।