प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस पक्राउ

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८०।०२।२३ गतेको साँझतिर भिमदत्त न.पा.६ ऐठपुर स्थित जमुना सार्कीको घर कोठाबाट ०.२६ ग्राम लागु औषध खैरोहेरोईन सहित ऐ.ऐ.बस्ने बर्ष २१ को रबिन्द्र चन्द,ऐ.ऐ.बस्ने बर्ष १९ को दिवस चन्द र ऐ.ऐ.बस्ने बर्ष १८ की कञ्चन आग्री समेतलाई नियन्त्रणमा लिएको हो । निजहरुलाई गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

     यसैगरि,मंगलबार राती जि.कञ्चनपुर वेदकोट.न.पा. ७ लालपुर बस्ने बर्ष अं. ४३ को गणेश सिह भण्डारीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट रेक्सोजोशिक नामक २ सिसी र फेनार्गन १ सिसि सहित फेलापारी नियन्त्रणमा लिएको हो । निजलाई प्रहरी चौकी सुडाबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा जिल्ला  प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२१

  कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.७४,०५०।– बराबरको पटका, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,४०,५५०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    बैतडी:- जिल्ला बैतडी दशरथचन्द न.पा.६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२०,०००।– बराबरको बिडी शुक्रबार प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२०

     कैलाली:- जिल्ला कैलाली जानकी गा.पा. २ बडरिया स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. १,३०,०००।– बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. २,४३,७५०।– बराबरको विभिन्न किसिमका सुर्ति,बिडी,मोबाईलका पार्टपुर्जा र किराना लगायतका सामानहरु  बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।