प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध मुद्दाको फरार प्रतिबादी पक्राउ

२०८०-०२-२४

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा मिति २०८०/०२/२४ गते दिउसो सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७३/१२/१० गतेको फैसलाले ८ महिना ११ दिन कैद र रु. ५,०००।–जरिवाना तोकी फरार रहेको लागु औषध मुद्दाको प्रतिबादी जिल्ला कैलाली धनगढी उमनपा १ बस्ने बर्ष ३० को बल ब.धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ  गरेको हो ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०८-०१

     दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।१. पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा ५ महिना १४ दिन कैद सजाय तोकिएका महाकाली न.पा.१ लास्कु बस्ने वर्ष ४३ को सुरन राम कामी, वर्ष ३० को तेज राम लुहार र वर्ष २८ को जय राम चुनारा ।२. जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय  र रु.१८,०००।– ( अठार हजार ) जरिवाना तोकिएको दुहुँ गाँ.पा.५ दुल्ला बस्ने वर्ष ४५ को देव राम पार्की ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम ६८० मिलिग्राम सहित भिमदत्त न.पा.१८ बस्ने वर्ष २५ को नरेन्द्र डगौरा र वर्ष २५ को डेभिट चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ६ चानदेव बेलडाँडी सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६८० मिलिग्राम सहित कृष्णपुर न.पा.२ बंक बस्ने वर्ष २६ को दिपक कठायत र वर्ष २३ को दिपश्री पाललाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९२० मिलिग्राम सहित लम्कीचुहा न.पा.५ बस्ने वर्ष ३२ को प्रकाश शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिग सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ३५० मिलिग्राम सहित सोही न.पा.१० बस्ने वर्ष २२ को बिरेन्द्र बहादुर ऐर र वर्ष २५ को राम बहादुर चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गडडाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।