प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध चरेश सहित मानिस पक्राउ

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०।०२।३२ गते साँझतिर जिल्ला कञ्चनपुर भिमदत्त नपा ९ बस्ने बर्ष ३६ को करन ओडलाई शंकालागी चेकजाँच गर्ने क्रममा निजको  साथबाट  अ. ११० ग्राम लागु औषध चरेश फेला पारि सोधपुछ गर्दा उक्त चरेस ऐ. स्थित गणेश बुढाको पसलबाट ल्याएको भन्ने बुझिएकोले निज पसल सञ्चालक गणेश बुढा र करन ओडलाई ईलाका प्रहरी कार्यालय ब्रहमदेब कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।