प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ

२०८०-०३-११

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०८०।०३।१० गते साँझतिर  जि.कैलाली धनगढी उप-महानगरपालिका २ फनपार्क नजिक  भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.१५,०००।- बराबरको  सुर्ती, मसला,चिनी, आन्टी, कालो नुन, लगायतका  मालसामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । 

यसैगरि, आइतबार साँझतिर जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ मिलन चोक स्थित भारतबाट भन्सार छलि गरी ल्याएका अं.मुल्य रू.२०,०००।– (बिस हजार) बराबरको जुत्ता २० जोर प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिगएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी  नियन्त्रणमा लिएको हो  ।

यसैगरि, आइतबार साँझतिर जि.कैलाली धनगढी उप-महानगरपालिका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको चालक भारत विहार प्रदेश घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.५ बस्ने बर्ष ३८ को सन्दिप कर्णले चलाएको सु.प.प्र.०१००८ प ६६७२ नं.को मो.सा.मा  अं.मुल्य रू.६९,२७५।–बराबरको  छाता, कुर्ती, मेहन्दि, चिनी, नरिवल तेल, पेठा, सोडा, डिटल पाउडर,रंगहरु लगायतका अन्य मालसामानहरु ल्याउदै गरेको अवस्थामा फेला पारी निज मानिस र मो.सा.सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२५

      कैलाली:- मिति २०८१।०५।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ.१४ “C” गाउँ र  कैलारी गा.पा.७ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,१००।– बराबरको प्याज, हार्डवेयरका सामान, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८१।०५।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ ब्रहमदेब, ऐ. ११ चौकीसत्ता र बेलौरी न.पा.२ दिनापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,४७,८५०।– बराबरको बिडी, सुर्ती,  खानेतेल, तोरी, कस्मेटिक सामान, हार्डवेयरका सामान, किरानाका सामान, जुत्ता, चप्पल, मोबाईल कभर, बच्चाको साइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२४

    कैलाली:- मिति २०८१।०५।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ कनैयापुर, ऐ.५ लालबोजी र  जोशीपुर गा.पा.३ मनिकापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,०४०।– बराबरको प्याज, चिनी, आलु, भाँडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०५।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१५ गोबरिया, दोधारा चाँदनी न.पा.७ कञ्जभोज र बेलौरी न.पा. वडा न.६ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,२७,९००। बराबरको चिनी, बिभिन्न प्रकारका औषधि, पेय पदार्थ, बिडी, सुर्ती, प्लाष्टिक कुर्ची, प्लाष्टिक बाटा, सुटपिस, स्कुटर थान-१   लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

बृद्वको हत्या गरी फरार रहेका ब्याक्ति पक्राउ
२०८१-०५-२४

    डोटी:- मिति २०८१।०५।२० गते १०:३० बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा. ६ सिलगढी बस्ने बर्ष अन्दाजी ७४/७५ को कालु सिंह बिष्ट बिगत ३ दिन पहिला देखि हराएको हुँदा खोज तलास गरि पाउँ भनि निजका आफन्तले जिल्ला प्रहरी कार्यालय डोटीमा निवेदन दिएको हुँदा खोजतलास गर्ने क्रममा निजको घरमा ताल्चा लगाएको अवस्थामा तल्चा फोडी घरभित्र हेर्दा शंकास्पद मृत अवस्थामा फेला परेको हुँदा घटना सम्बन्धमा अनुसन्धान टोली गठन भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा जिल्ला डोटी, सिलगढी न.पा. ६ सिलगढी बस्ने अन्दाजी बर्ष २१/२२ को सरोकार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।