प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०६-१६

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.६ घुएराबाट ८६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २६ को जय किसन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिई गएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट  उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैंध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८२-११-२९

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१५ कनरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,९००।- (दुई लाख साठि हजार नौ सय) बराबरको हाडवेयर लगायतका सामान र से ५ प २६२३ नम्बरको मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २८ को खडक बिर चौधरी र मोटरसाइकल पछाडी सवार ऐ. भजनी न.पा.९ बस्ने बर्ष ३७ को रामनारायण चौधरीलाई  बिहीबार दिउँसो प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोटरसाइकल, सामान सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२९

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१९ बागफाँटाबाट ८७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २१ की सुनिता रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाटा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ खप्टीनालाबाट ४ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ पिपरिया बस्ने बर्ष ३१ को पुरुषोत्तम रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई भारतबाट नेपाल तर्फ संकास्पद रुपमा आउदै गरेको अबस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० पिपलचौताराबाट जिल्ला कन्चनपुर शुक्लाफाँटा न.पा.१२ कालागौडी बस्ने बर्ष २४ को अर्जुन राना,  सोही ठाउँ बस्ने बर्ष २४ को गणेश बहादुर साँहु र  १८ बर्षिय किशोरलाई  २ ग्राम १३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । सु.प.प्र.०२-००४ प १५८६  नम्बरको मोटरसाइकलमा सवार निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० दर्शी खल्लाबाट जिल्ला कन्चनपुर लालझाँडी गा.पा.२ कंज बस्ने बर्ष २४ को बलराम राना र सोही ठाउँ बस्ने बर्ष २६ को बलराम रानालाई  १ ग्राम ८६०मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से १ प ६७७० नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।