प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०७-१५

  • A
  • A-
  • A+
Share

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ बङग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७७,०००।- बराबरको प्याज,सिम्ला खुर्सानी,हरियो खुर्सानी लगायतका सामानहरु, धनगढी उ.म.न.पा. १ कलाकारचोक र बालुवाघाटबाट अन्दाजी मूल्य रु.८०,५००।- बराबरको कुर्ता सुरुवाल,लेडिज सुट,सप्तरंगी टिका,फुलमाला लगायतका सामानहरु र धनगढी उ.म.न.पा.२ भन्सार रोड नजिकबाट अन्दाजी मूल्य रु. ७१,२९०।– बराबरको चिनी,मैदा,खुर्सानी,नरिवल,लेडिज जुता,बच्चाको जुता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.२,२८,७९०।बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

    यसैगरि,जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ३ बोराडाडी चोक स्थित न्यु साहिबा टर्बो रिपेयर सेन्टरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएको अन्दाजी मूल्य रु.१,५०,५००।–(एक लाख पचास हजार पाचँ सय) बराबरको हार्डवयरका सामानहरु मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले फेला पारी उक्त सामान सहित संचालक भारतको बिहार मोतिहारी घर भई हाल धनगढी उ.म.न.पा. ३ कोठा गरी बस्ने बर्ष २७ को निजामुनी अन्सारीलाई समेत नियन्त्रणमा लिई, उक्त सामान र  निजलाई आवश्यक कारबाहीको लागी प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा. वडा नं. ४ र ६ बाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १,७४,०१०।- बराबरको लेडिज सुट,धोती,जुता,चिनी,मिठाई,फुलमाल लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यक कारबाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।      

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-२९

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२८ गते इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध खैरो हिरोइन मुद्दामा ४ बर्ष १० महिना २८ दिन कैद सजाय र रु.५०,०००।-(पचास हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणि बस्ने बर्ष ३२ को बिरेन्द्र नाथ । २. बहु बिबाह मुद्दामा १६ दिन कैद सजाय र रु.१,०००।-(एक हजार) जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ पहरिया बस्ने बर्ष ६८ को गगन सिंह बुढा ।३. बन मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ खजुवा बस्ने बर्ष ७२ को बिष्णु दत्त जोशी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२९

     कैलाली:-  मिति २०८२।०८।२८  गते १८:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.५ घर भई हाल  ऐ. लम्कीचुहा न.पा.३ ब्यवस्थितनगर स्थित कोठा गरि बस्ने बर्ष २८ को सुनिल कुमार चौधरीको कोठा खानतलासी गर्दा निजको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         कञ्चनपुर:- मिति २०८२।०८।२८ गते १३:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले ऐ. स्थित संचालन गरेको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          यसैगरी,  मिति २०८२।०८।२८  गते १७:१० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.०२ कञ्जबाट सोही ठाउँ बस्ने बर्ष २८ को छोट राम डगौरालाई  चेकजाँच गर्दा निजको साथबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।०८।२८ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२-००१ ह १९५० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो चालक ऐ.१० बस्ने बर्ष २२ को रोसन सिंह साउद, अटोमा सवार ऐ. ११ बस्ने बर्ष २० को कैलाश खत्री र जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका २ बस्ने १८ बर्षिय  किशोरको साथबाट  १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।