प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

२०८०-०७-१६

  • A
  • A-
  • A+
Share

 कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ स्थित साथीभाई होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ५ बस्ने बर्ष ४६ को पवन पन्त समेत ९ जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३३,८५५।– र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

   कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१ बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २९ को तेज बहादुर राना समेत ८ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ४०,९२७।– र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
भरुवा बन्दुक पड्किन गई मानिस मृत्यू
२०८२-११-२७

      डडेल्धुरा:- जिल्ला डडेल्धुरा परशुराम न.पा.२ बसौटी स्थित जिल्ला बैतडी शिवनाथ गा.पा. ४ घर भइ दिदि जानकी बोहराको घरमा आएको बर्ष १७ को सुबास महरा घर भित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा मंगलबाट साँझतिर एक्कासी बन्दुक पड्किन गई गम्भिर घाइते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा, डडेल्धुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । ईलाका प्रहरी कार्यालय जोगवुढा, डडेल्धुराबाट खटिएको प्रहरीले जिल्ला डडेल्धुरा, परशुराम न.पा.२ बसौटी बस्ने गणेश बहादुर बोहरा र जिल्ला बैतडी, शिवनाथ गा.पा.४ बस्ने १७ वर्षिय किशोरलाई नियन्त्रणमा लिई उक्त भरुवा बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-११-२७

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.६ “ङ” गाँउबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार बस्ने बर्ष ४३ को हर्क बहादुर खड्का र ऐ. जानकी गा.पा.७ पठरैया बस्ने बर्ष ३० की मिना राजीलाई ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ डिब्बा कोरेक्स सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । से ६ प ६९९४ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई पक्राउ गरेको हो ।