प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलीका सामान बरामद

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

 कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. ७,८७०।- बराबरको चिनी,पानीपुरी,नरिवल,ललिपप,लेडिज सुट लगायतका सामानहरु र  धनगढी उ.म.न.पा. ३ पुलिस बोडिङ्ग स्कुल नजिकबाट अन्दाजी मूल्य रु. २५,०००।- बराबरको मिठाई,लेडिज सुट,कुर्ता लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.३२,८७०बराबरको सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु. १२,६००।- बराबरको चिनी,तेल,मिठाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।