प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा.२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष २४ को बिरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. १३,०३५।- (तेह्र हजार पैतिस)  र  तास ३ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 अछाम:- जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.३ कागतोला बस्ने बल बहादुर शाहीको बाँझो घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने बर्ष ३५ को बिनोद शाही समेत ९ जनालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद रु. ३६,१००।-  र  तास ४ गड्डी सहित पक्राउ गरेको हो । यस  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।