प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईन ठगी गर्ने गिरोह पक्राउ

२०८०-०८-०७

  • A
  • A-
  • A+
Share

धनगढी, ७ मंसिर

            अनलाईन मार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

            पक्राउ पर्नेहरुमा जिल्ला डोटी,शिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, जिल्ला,कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, जिल्ला कञ्चनपुर,बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रिन्सु टापु रहेका छन् ।

            जिल्ला कैलाली,धनगढी उप-महानरपालिका-५ तारानगर स्थित शिवदत्त पाण्डेयको घरमा बिशाल सुनार समेतले अबैध रुपमा आई.टी. सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी बिशेष गरि पोल्याण्ड लगायतका नागरिकहरुलाई VICIDIAL सफ्टवेयरको प्रयोग गरि अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल ९ थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।