प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८०-०९-१२

  • A
  • A-
  • A+
Share

कैलाली:- जिल्ला कैलाली, भजनी न.पा.३ मोरीयाघाटबाट ३ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.लम्कीचुहा न.पा.१ भुरुवा बस्ने बर्ष २२ को दिनेश चौधरी समेत दुई जनालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जनकपुर कैलाली र स.प्र.बल BOP कुसुमघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुले प्रयोग गरेको मोटरसाईकलको टुल बक्स भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,मोटरसाईकल सहित निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    यसैगरी, जिल्ला कैलाली, गोदावरी न.पा. ३ चौकीडाडाँबाट २२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.६ गजरौला बस्ने बर्ष २६ को राजेश लुहारलाई बुधबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

     कञ्चनपुर- जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.४ स्थित २ नम्बर गल्लीबाट ०.२४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने १८ बर्षिय किशोर समेत दुई जनालाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

     कञ्चनपुर- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ८ रैकवारबिचुवाबाट ३.४७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २८ को हरिश भण्डारीलाई बुधवार साँझतिर प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निजले आफ्नै घरमा सञ्चालन गरेको पसलबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।