प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन

२०८०-१०-१२

  • A
  • A-
  • A+
Share

आज मिति २०८०।१०।१२ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले प्रदेश अन्तर्गत रहेका ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । यस क्रममा उहाँले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिदै, आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।