प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट मातहत प्रहरी युनिट ईन्चार्जहरुलाई निर्देशन

२०८०-१०-१७

  • A
  • A-
  • A+
Share

आज मिति २०८०।१०।१७ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,कैलालीमा एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुर जिल्ला स्थित सिमानाकामा रहेका प्रहरी युनिट ईन्चार्जहरु लाई आवश्यक निर्देशन दिनु भएको छ । उहाँले बर्तमान शान्ति सुरक्षाको अवस्थाको बारेमा समिक्षा गर्दै , आगामी दिनमा आईपर्न सक्नेसुरक्षा चुनौती एवं समाधानका विषयहरुमा निर्देशन दिनु भयो ।

निर्देशन सम्बोधनको क्रममा उहाँ ले नेपाल भारतको सिमा नाकाबाट हुने भन्सार चोरी तस्करी तथा सिमानाकामा हुने अपराधिक गतिविधिका विरुद्ध प्रभावकारी प्रहरी परिचालन र कानून कार्यान्वयन गर्ने, लागू औषधको ओसार पसार, बिक्री बितरण नियन्त्रण गर्ने,सवारी दुर्घटना नियन्त्रणका लागि बिशेष सक्रिया देखाउने  , नियमित रुपमा चेकजाँच गर्ने,फरार अपराधीहरूको खोजी,सामाजिक अपराधहरु रोकथाम तथा नियन्त्रणमा  प्रभावकारी ढंगले प्रस्तुतहुने, नागरीक र प्रहरी बिच सुमधुर सम्बन्ध विकास  गरी नागरीक मैत्री सेवा प्रवाह गर्ने ।  गैह्र व्यवसायिक आर्थिक लाभ र प्रहरी आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नहुने,उच्च अनुशासन र मनोवलका साथ त्रुटीरहित ढंगबाट कार्य गर्ने , प्रभावकारी सूचना संकलन एवं विश्लेषण गरी गुणस्तरीय र जनसहभागिता मूलक  प्रहरी सेवा प्रदान गर्ने  लगायतका  विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।

      उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलाली,सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली,कञ्चनपुर तथा मातहत सिमा नाकाहरुमा प्रहरी युनिटहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत ,ट्राफिक प्रहरी पोष्ट ईन्चार्ज हरु  लगायत प्रहरी कर्मचारीहरु  उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१५

    कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३९ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष १९ को किरण रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ ।               कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका वडा न.११ गड्डाचौकी भाईरल रोड स्थितबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ०.५४ ग्राम सहित जिल्ला कञ्चनपुर शुक्लाफाटा नगरपालिका वडा न. ०५ बस्ने वर्ष २४ की प्रियका सुनार र ऐ.ऐ. बस्ने वर्ष २१ को प्रबिण सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार भारतबाट नेपाल तर्फ पैदल हिडी आईरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१४

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाट स्थितबाट १ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र PROXIOHMSPAS नामक २८ वटा क्याप्सुल, N10 नामक २८ वटा ट्याब्लेट सहित जिल्ला कैलाली टीकापुर न.पा.५ बस्ने वर्ष २२ को रोशन सार्की सहित २ जनालाई प्रहरी चौकी जनकपुर, कैलालीबाट खटिएको प्रहरीले टोलीले शुक्रबार लु.प्र.०१-०१५प ४७८९ नम्बरको मो.सा.मा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ चटकपुर स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२७ मिलिग्राम सहित जिल्ला डोटी जोरायल गा.पा. २ बस्ने वर्ष २५ को अमर बहादुर कुँवरलाई अस्थायी प्रहरी पोष्ट चटकपुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी पक्राउ
२०८३-०७-१४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजहरुलाई पक्राउ गरेको छ ।    १. लागु औषध मुद्धामा १ वर्ष कैद सजाय तोकिएको जिल्ला डोटी जोरायल गा.पा.वडा नं १ बस्ने वर्ष २२ को किरण बिश्वकर्मा ।  २. चेक अनादर मुद्धामा रु. २,०००।–( दुई हजार ) जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने नन्द राज जैशी र   सोही मुद्दामा रु. १०००।–(एक हजार)  जरिवाना तोकिएको जिल्ला कैलालि लम्किचुहा न.पा.४ बस्ने गजेन्द्र शाही ।३. बैन्किङ कसुर मुद्दामा ७ दिन कैद सजाय  र रु.१३,५५,०००।– ( तेह्ललाख पचपन्न हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा.वडा न.१ बस्ने वर्ष ३६ को सरोज चौधरी ।