फरार प्रतिवादी पक्राउ
२०८०-१०-२२
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा कृते सरकारी छाप दस्तखत मुद्दामा सम्मानित जिल्ला अदालत
कञ्चनपुरको मिति २०८०।०३।१७ गतेको फैसलाले ५ महिना कैद सजाय र रु. १०,०००।–
जरीवाना तोकीई फरार रहेको भिमदत्त न.पा.६ बस्ने बर्ष १९ को बिमल बोहरा र लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०७९।०१।२५ गतेको फैसलाले २ बर्ष ११ महिना कैद सजाय र रु. ४,०००।–जरीवाना
तोकिई फरार रहेको जिल्ला कैलाली ध.उ.म.न.पा. ५तारानगर बस्ने बर्ष २६ को अनमोल
शाहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आईतबार पक्राउ
गरि सम्मानित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको
लागि दुबै जनालाई कञ्चनपुर कारागार पठाईएको छ ।