प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धुँवा बाट निस्सासिएर मृत्यु

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

डडेल्धुरा:- जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बस्ने बर्ष ६० की धौली देबी दियाल र निजको बुहारी बर्ष २५ की पुनम दियाल आईतबार राती आफ्नै घरको कोठा भित्र आगो (कोईला) बाली ढोका बन्द गरी सुतेकोमा सोमबार बिहान आफन्तले ढोका खोली हेर्दा दुबै जना बेहोस अबस्थामा कोठा भित्र फेला पारी उपचारको लागि निजहरुलाई  डडेल्धुरा अस्पताल डडेल्धुरामा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको हो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।