प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१०-२२

  • A
  • A-
  • A+
Share

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०५।२८ गतेको फैसलाले ५ महिना ४ दिन कैद सजाय र रु. ५,०००।– जरीवाना तोकीई फरार रहेको धनगढी उप-महानगरपालिका ७ बस्ने बर्ष २० को बिक्की भन्ने बलराम राना र सम्मानित  जिल्ला अदालत कैलालीको चोरी मुद्दामा ऐ. मितिको फैसलाले ५ महिना १३ दिन कैद सजाय र रु. ५,०००।–जरीवाना तोकिई फरार रहेको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बस्ने बर्ष २१ को नरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । निज दुवै जनालाई प्रहरीले सम्मानित अदालत समक्ष उपस्थित गराएको हो । 

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।