प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध गाँजा सहित मानिस पक्राउ

२०८०-१०-२३

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.५ धरमपुरबाट ४.१८ ग्राम लागू औषध गाँजा सहित सोही ठाँउ बस्ने बर्ष १९ को चेतन बोहरालाई सोमबार राती प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,
२०८१-०९-१९

    बझाङ:-  मिति २०८१।०९।१८ गते २०:३५ बजेको समयमा जिल्ला बझाङ, तलकोट गा.पा.२ सुकगाड स्थित तलकोटबाट चैनपुर तर्फ आउदै गरेको से १ ज ८४३ को जीप अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चालक जिल्ला बझाङ, केदारस्युँ गा.पा.१ रायल बस्ने बर्ष ३३ को शम्शेर मल्ल, ऐ.तलकोट गा.पा.४ बस्ने बर्ष ३६ को बम बहादुर धामी र ऐ.ऐ.बस्ने बर्ष ७२ की जोगेनी देवी धामीको घटनास्थलमै मृत्यु भएको, घाईते बालिका मृतक बम बहादुर धामीको छोरी बर्ष ५ की आकृती धामीलाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा पुर्‍याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।     यसैगरी,  मिति २०८१।०९।१८ गते २१:०० बजेको समयमा जिल्ला बझाङ, मष्टा गा.पा.१ कोटदेवल स्थित भातेखोलाबाट ऐ. रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १३९८ जीप अनियन्त्रित भई कच्चि सडक खण्डबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक ऐ. बस्ने बर्ष ४२ को धर्म थापाको घटनास्थलमै मृत्यु भएको, उक्त जीपमा चालक मात्र सवार रहेको । 

अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-०९-१८

      कैलाली:- मिति २०८१।०९।१७ गते १५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. १ पुर्व रोड स्थित पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई संका लागी चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान-२ र बट्ररो जातको काठको गोलिया थान-२ गरि जम्मा थान-४ काठको गोलिया (९० क्युफिट) फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालक ऐ. धनगढी उ.म.न.पा.३ बस्ने बर्ष बर्ष १९ को रमेश डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरिया, कैलालीमा बुझाएको ।   

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१८

   कञ्चनपुर:-   मिति २०८१।०९।१७ गते १३:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी नपा २ बैजुडाँडा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र. ०१-०१० प १३२५ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ०५ गुलरीया बस्ने वर्ष २७ को गणेश बहादुर खड्का र पछाडी सवार ऐ. ०६ गुलरीया बस्ने बर्ष ३३ को चेत राज भण्डारीलाई चेकजाँच गर्दा ६.४२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई  प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    यसैगरी,   मिति २०८१।०९।१७ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रहमदेव स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने वर्ष ३५ को गणेश बुढालाई ०.६९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-१८

    कैलाली:-  मिति २०८१।०९।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ SPA कलेज नजिक, ऐ.१० सिमलघाट, घोडाघोडी न.पा.१२ नक्फोडुवा र टिकापुर न.पा. ९ पायलगाउ स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,६९०।– बराबरको चिनी, सुर्ती, टाउर, माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।               कञ्चनपुर:-  मिति २०८१।०९।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकाशाल र ऐ. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,५३५।– बराबरको चिनि, मिश्री, गुड, खाने तेल, मटर, सुर्ती, चप्पल, टाउजर, नल्का, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।