प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

    डोटी:- जिल्ला डोटी, के.आई. सिंह गा.पा.१ लोली स्थित जोगेनी बि.क.को ढुङ्गा माटोले बनेको खरले छाएको २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलबार दिउँसो अचानक आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,लत्ताकपडा,भाँडा बर्तन लगायतका सामानहरु गरि अन्दाजी रु.२,९४,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानबिय/चौपाया क्षती नभएको ।  आगलागी  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२६

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित गोदावरी न.पा.५ बस्ने वर्ष ३१ को टंक राज भट्ट र वर्ष २६ को खगेन्द्र नाथलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ टेडियाबाट गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ७४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षिय किशोर र लालझाडी गा.पा.१ बिनाबारी बस्ने वर्ष २६ को राम जनम चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी,  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ होल्डिङ सेन्टरबाट नियन्त्रित लागूऔषध Tapentadol- ८७ ट्याब्लेट सहित गोदावारी न.पा.१ बस्ने वर्ष २१ को दिक्षित साँउदलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।