आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८०-१२-१४
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, के.आई. सिंह गा.पा.१ लोली स्थित जोगेनी बि.क.को ढुङ्गा माटोले बनेको खरले छाएको २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलबार दिउँसो अचानक आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात,लत्ताकपडा,भाँडा बर्तन लगायतका सामानहरु गरि अन्दाजी रु.२,९४,०००।- बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागीबाट मानबिय/चौपाया क्षती नभएको । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।