प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-१२-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली, टिकापुर न.पा. १ ब्लक नं.१४ स्थित सडकबाट २१०मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.९ बस्ने बर्ष २४ को रोसन साउद र वर्ष २७ को योगेश साउदलाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१७

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ. ३ ब्यारेल र टीकापुर नपा ७ खैरिपुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,९८५।–बराबरको प्याज,चिनी,मिठाई,बिडी,सुर्ती,खानेतेल,नरिवल,सरफ,धनियाँ,गन्जि,धोती,प्लाष्टिक डोरी, प्राउन नल्ली  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता,बेलौरी न.पा.१ फटैया,ऐ.२ बैजुडाडा, ऐ.८ कलकत्ता, ऐ.१० भुडा, दोधारा चाँदनी न.पा. ७ टाउके टोल, पुनर्वास न.पा. ११ डोकेबजार र बेलडाँडी गा.पा.३ कमरी चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१९,१२०।–बराबरको प्याज,चिनी,मिठाई,चक्लेट,पास्ता,गहुँ,खानेतेल,पेय पदार्थ,सुर्ती,किटनाषक औषधी,तरकारी, फलाम र काठले बनेका गहु,धान चाल्ने चाल्ला  लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१७

    कैलाली:- जिल्ला कैलाली,  गोदावरी न.पा. १२ बस्ने लक्ष्मण वि.क. र श्याम वि.क. को दुईवटा गाँई गोठमा आईतबार दिउँसो अचानक आगलागी हुँदा गाई गोठ पुर्ण रुपमा जली अन्दाजी रु. ५,००,०००।– (पाँचलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी,  बजे लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने जगती ढोली नेपालीको एक तले एक कोठे काठले बनेको खरले छाएको कच्ची भान्सा घरमा आईतबार साँझतिर अचानक आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यन्न,भाँडा,लत्ता कपडा लगायतका सामानहरु गरि अन्दाजी रु. ९०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो, सोही आगलागीबाट संगै सटेर रहेको ऐ. बस्ने लक्ष्य ढोली नेपालीको दुई तले दुई कोठे काठले बनेको टिन जस्ता पाताले छाएको कच्ची गोठमा समेत आगलागी हुँदा गोठ भित्र रहेका पराल,फल्याक,चौखट लगायतका सामानहरु गरि अन्दाजी रु. ७०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो,  । उक्त आगलागी प्रहरी,स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ४ बस्ने बिरेन्द्र बहादुर बिष्टको काठले बनेको घरमा आईतबार दिउँसो अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जलि अन्दाजी रु.१,५०,०००।–बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       अछाम:- जिल्ला अछाम, ढकारी गा.पा.८ देवल बजार बस्ने परिलाल चौलागाईको ढुङ्गा माटो काठले बनेको खरले छाएको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोवाट आईतबार आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १,२०० वटा ब्रोईलर कुखुरा,२ क्विन्टल कुखुराको दाना,लत्ता कपडा र उक्त फर्म समेत पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१६

    डडेल्धुरा:- जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा.१ रुवाखोला बस्ने उद्वब दियालको २ कोठे १ तले ढुङगा माटोले बनेको जस्ता पाताले छाएको पसलमा नजिकै रहेको लालचुचरे सामुदायिक बनमा लागेको आगोबाट शनिबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका खुद्रा, स्टेशनरी,लत्ताकपडा, भाडाँकुडा लगायतका सामानहरु जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । आगलागीबाट भएको क्षतिको विवरण आउन वाँकि रहेको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       दार्चुला:- जिल्ला दार्चुला,  शैल्यशिखर न.पा.९ ठुलसैनी बस्ने नरेश दमाईको १ तले १ कोठे खरले छाएको २ वटा कच्ची घरमा जङ्गल लागेको आगोबाट आगोबाट शनिबार साँझतिर आगलागी हुँदा घरभित्र रहेका अन्नपात,भाँडावर्तन,लत्ताकपडा,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. १०,००,०००।– (दशलाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१६

    कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ मसानघाटबाट २१० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को दिनेश बोहरालाई  शनिबार राती प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा.२ तेघरीबाट २५० मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को बिजय लामालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले आफ्नै घरकोठामा बसिरहेको अवस्थामा खानतलासी गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुरबाट ०.२२१ मिलिग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी, बेलौरी न.पा.६ बैशाखाबाट १.६५ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को हरिश जोशी धनगढी उप-महानगरपालीका १ बस्ने बर्ष १९ की दिक्षा लामीछाने समेत दुईजनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी,उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१६

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट, भजनी न.पा. १ ठेगनपुर, र कैलारी गा.पा. ४ के गाँउ जङ्गलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,३६०।–बराबरको प्याज,चिनी,सुर्ती,बिडी,चक्लेट,खानेतेल,मटर, JCB ईन्जिन तेल,फिल्टर,मोटरसाईकल थान-१   लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. भिमदत्त न.पा. ९ तुम्डेनी, बेलौरी न.पा. २ बैजुडाडा, ऐ. ६ नकैयाबाट र बेलौरी न.पा.१० भुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,३३०।–बराबरको प्याज,चिनी,लेडिज सुट,कपडा,वाईरिङका सामान,जुत्ता, मोटरसाईकलको ट्युव,चेन, हार्डबेयर,किराना  लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।