प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र ऐ.९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,६६०।– बराबरको प्याज,चिनी,सुर्ती,बिडी,सरफ,प्लाष्टिक झिल्ली,सुट,चक्लेट,मसला, लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, भिमदत्त न.पा. ६ शान्ति निकेतन स्कुल नजिक, ऐ.११ चौकीसत्ता र बेलडाँडी गा.पा.३ राधाकृष्ण मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,०५४।– बराबरको तरकारी, गाडीको स्प्रे,ब्लाउजको कपडा,काजु,पापड, किरानाका सामान,हाडवेयरका सामान,बोईलर कुखुरा लगायतका सामानहरु शनिबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

  

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०१

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.६ चानदेव खोल्टीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम ६८० मिलिग्राम सहित भिमदत्त न.पा.१८ बस्ने वर्ष २५ को नरेन्द्र डगौरा र वर्ष २५ को डेभिट चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो म २ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कञ्चनपुर लालझाडी गा.पा. ६ चानदेव बेलडाँडी सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६ ग्राम ६८० मिलिग्राम सहित कृष्णपुर न.पा.२ बंक बस्ने वर्ष २६ को दिपक कठायत र वर्ष २३ को दिपश्री पाललाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४८ प ७७७१ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।        कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ सरदार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९२० मिलिग्राम सहित लम्कीचुहा न.पा.५ बस्ने वर्ष ३२ को प्रकाश शाहीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी जनकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बा ४२ प २३४८ नम्बरको मोटरसाइकलमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।