प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखले च्यापिई बालकको मृत्यु

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

    डोटी:- जिल्ला डोटी, सायल गा.पा. २ खरगडा घर भई ऐ.५ पटकानी स्थित मामाको घरमा बस्दै आएका बर्ष १४ को तिलक बोहरा ऐ.५ रानीबन जंगलमा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिन गई शनिबार दिउँसो निजको मृत्यु भएको हो । रुखले च्यापिई गम्भिर घाईते भएका उनको उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय आदर्श डोटी समेतबाट प्रहरी टोली खटिई गइ आवश्यक अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८२-०९-२६

     डोटी:-  मिति २०८२।०९।२५ गते १५:२५ बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.१० बान्डुङग्रीसैन स्थित के.आई. सिंह राजमार्गमा धनगढी बाट दिपायल तर्फ जाँदै गरेको  सु.प.प्र. ०१-०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री  सोही ठाउँ बस्ने बर्ष ६८ की तारा देवी बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा ऐ.१८:५० बजे मृत्यु भएको, मोटरसाइकल चालक डोटी दिपायल सिलगढी न.पा.०२ खुल्लेक बस्ने बर्ष २६ को मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने बर्ष ३६ को राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।