प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८०-१२-१९

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.३ चटकपुर र भजनी न.पा.७ हलुनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०७,०३६।– बराबरको प्याज,चिनी,खाने तेल,चप्पल,साबुन,सुपारी,स्प्रे पेन्ट,मोबिल लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु  भिमदत्त न.पा. ४ संबिधान चोक, ऐ.१० सुकासाल, बेलौरी न.पा. ६ नकैया र दोधरा-चाँदनी न.पा.७ बाबाथानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१५,०००।– बराबरको प्याज,मिश्री,दाल,मैदा,साईकल थान-४ लगायतका सामानहरु आईतबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-०२

     कैलाली:-  मिति २०८२।०३।०१  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र राष्ट्रिय वाणिज्य बैंक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८८,४७०।– बराबरको काजु, पेन्ट, प्लाजु, कुर्ती, वान पिस,  सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                      कञ्चनपुर:-  मिति २०८२।०३।०१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गड्डाचौकी र बेलौरी न.पा. १० सडकघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५७,६५०।– बराबरको पेय पदार्थ, चिनी, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०१

      कैलाली:-  मिति २०८२।०२।३१ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ लक्ष्मी नर्सरी नजिकबाट ऐ. गौरीगंगा न.पा.४ बस्ने बर्ष २६ को बिजय नेपाली र ऐ.२ बस्ने बर्ष ३२ को अभिशेक हमाललाई शंका लागि चेकजाँच गर्दा ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                यसैगरी,  मिति २०८२।०२।३१ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.७ मोतीनगर चोक स्थित सडक खण्डबाट ऐ. जोशीपुर गा.पा.१ बस्ने बर्ष २३ को शिव बहादुर चौधरीले ऐ. जानकी गा.पा.७ बस्ने बर्ष ३३ को देसराम चौधरीलाई बिक्री बितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               कञ्चनपुर:-  मिति २०८२।०२।३१ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलाचौर केदार टोल स्थित बर्ष ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा २ के.जि. १५५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

फरार प्रतिबादी पक्राउ
२०८२-०३-०१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति२०८१।०९।१२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने गणेश चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३१ गते ऐ.कैलारी गा.पा.१ हसुलिया बजारबाट पक्राउ गरेको ।                                                                                                     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०५।२० गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गज्जर बस्ने बर्ष २९ को नरेन्द्र कार्कीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।