प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. १ श्रीबगर स्थित दार्चुला- तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.३ बस्ने बर्ष २७ को हर्कलाल रानालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शंका चेकजाँच गर्दा निजले चलाएको सु.प.प्र.०२-००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति ब्याँस गा.पा. ४ सुनसेरा बस्ने बर्ष अन्दाजी ५०/५५ को जयलाल कुँवर भनि खुल्न आएकोले निजलाई समेत प्रक्राउ गरि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र ट्याक्टर सहित निज दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-०४

     कैलाली:- मिति २०८२।१०।०३ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ एकतानगर बस्ने बर्ष २३ को नरेश परियार र ऐ. ब्लक नम्वर ६ बस्ने बर्ष ३० को गिर्जा बजगाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       यसैगरी, मिति २०८२।१०।०३ गते २३:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टी घाटबाट सोही ठाउँ वस्ने बर्ष २० को मुनिस राना र बर्ष २० को अविशेक रानालाई  शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      कञ्चनपुर:-  मिति २०८२।१०।०३  गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट ऐ. ८ बस्ने बर्ष २० को अमित खत्री र ऐ. ७ बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २९०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।