प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध (चरेश) सहित मानिस पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

    दार्चुला:- जिल्ला दार्चुला, महाकाली न.पा. १ श्रीबगर स्थित दार्चुला- तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.३ बस्ने बर्ष २७ को हर्कलाल रानालाई सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शंका चेकजाँच गर्दा निजले चलाएको सु.प.प्र.०२-००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी, सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति ब्याँस गा.पा. ४ सुनसेरा बस्ने बर्ष अन्दाजी ५०/५५ को जयलाल कुँवर भनि खुल्न आएकोले निजलाई समेत प्रक्राउ गरि आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र ट्याक्टर सहित निज दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०८

      कैलाली, गोदावरी नगरपालिका-१ अत्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ८० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-७ क्याम्पसरोड बस्ने ३१ वर्षीय हितेश साहुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ कटान जानकी टोलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ११० मिलिग्राम सहित सोही न.पा.३ भाषी बस्ने १८ वर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कञ्चनपुर बेलौरी न.पा.७ बरैया स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५० मिलिग्राम सहित शुक्लाफाँटा न.पा.९ नौखरी बस्ने वर्ष २६ को विक्रम डगौरा र ऐ. १० बस्ने वर्ष २२ को महेश चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरुले प्रयोग गरेको शु.न.पा.ह ४० नम्वरको अटो सहित दुवै जनालाई पक्राउ गरेको छ ।