प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-१२-२१

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

निम्न:-

१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा. १ बस्ने दिलीप सिह बोहरा ।

२. ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गा.पा.९ बस्ने शिव कुमार चौधरी ।

३. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने राजेश चौधरी ।

४. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.१०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने  सिताराम चौधरी ।

   कञ्चनपुर:- सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५९।१०।०८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही रु. १,०००।-जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ जमुनाघारी बस्ने बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याललाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजहरुलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२२

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा स्थित सोही ठाउँ बस्ने वर्ष ३६ की रञ्जना रानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,५३,०००।- ( तिन लाख त्रिपन्न हजार ) बराबरको सुटपिस, चुन्नी, अन्य कपडा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो आवश्यक प्रक्रिया पुरा गरी उक्त कपडा सहित निजलाई नियन्त्रणमा लिएको छ ।    यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ त्रिवेणीघाट स्थित सोही ठाउँ बस्ने वर्ष ४५ को जिवन ढुंगानाले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,७०,०००।- ( दुई लाख सत्तरी हजार ) बराबरको टेन्टको पर्दा लगायतका सामानहरु घरमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति आवश्यक प्रक्रिया पुरा गरी उक्त टेन्ट सहित निजलाई नियन्त्रणमा लिएको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१९ लल्लीपुर घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२२,०००।– बराबरको बोइलर कुखुरा बुधबार इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी स्थानिय जनप्रतिनिधिको रहोभरमा नष्ट गरेको छ ।

अबैध भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०८३-०६-२१

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको वनदेवि मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,०३,६००।- ( तेह्रलाख तिन हजार छ सय ) बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्वरको महेन्द्रा पिकअप जिप सहित चालक बेलौरी न.पा.४ रिछा बस्ने वर्ष ३८ को कुशल चौधरी र सवारी धनी बेलौरी न.पा.६ हात्तीबोझा बस्ने वर्ष ४२ को श्याम सिह रावतलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।          यसैगरी, जिल्ला कञ्चनपुर भिमदत्त न.पा.६ ऐठपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.८०,०००।– बराबरको विभिन्न किसिमका आयुर्बेदिक औषधी लगायतका सामानहरु मंगलबार राति वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु. ३४,३५०।– बराबरको पेय पदार्थ, चक्लेट, नमकिन, विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-२०

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ७८० मिलिग्राम सहित लम्कीचुहा न.पा.१ बस्ने वर्ष २६ को बिशाल विष्ट, ऐ.२ बस्ने वर्ष ३४ को राम बहादुर शाही र ऐ.५ बस्ने वर्ष २१ को बिज्ञान भण्डारीलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजहरु तिनै जनालाई पक्राउ गरेको छ ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २२ को सुरेश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।