सवारी दुर्घटनामा मृत्यु
२०८०-१२-२१
- A
- A-
- A+
कैलाली:- जानकी गाउँपालिका-५ लम्की-टिकापुर स्थित सडकमा हाल नाम नखुलेको सवारी साधनको ठक्करबाट मोहन्याल गा.पा. ६ सोल्टा बस्ने वर्ष अन्दाजी ४० को महेन्द्र कुमार बि.क. को बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।