प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ४ बेलौरीबाट १.०४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला  कैलाली धनगढी उ.म.न.पा. १३ बस्ने बर्ष २५ को सचिन राना र गोदाबरी न.पा. ५ बस्ने बर्ष २२ को जीवन चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो  । ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि निजहरुले प्रयोग गरेको मोटरसाईकल थान-१ र उक्त पदार्थ सहित निज दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी, भिमदत्त न.पा.४ बसपार्क स्थित सुदूरपश्चिम गेष्ट हाउसबाट ३४.१ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१५ बस्ने बर्ष ३० को भुवन शाहुलाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ र भारतिय रुपयाँ ८ हजार समेत फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र नगद सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यसैगरी, पुनर्वास न.पा. ११ डोके बजारबाट अबैध लागू औषध नाइट्राजेपाम १५ ट्याब्लेट सहित जिल्ला दार्चुला महाकाली न.पा. ५ गल्फै बस्ने बर्ष २३ को बिनोद ठगुन्नालाई बुधबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त अबैध लागू औषध फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध लागू औषध सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०९

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.७ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको फुटबल जुत्ता बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,८००।– बराबरको पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।